दफा ७१७
नेपालको अदालतमा विचाराधीन मुद्दा मुलतबी राख्न सक्नेः

नेपालको अदालतमा पक्षहरू बीच कुनै मुद्दा विचाराधीन रहेकोमा त्यस्ता पक्षहरू बीच सोही विषयमा विदेशको कुनैअदालतमासमेत मुद्दा चलेकोमा र निजहरू बीच अर्को देशमा चलेको मुद्दामा हुने पैmसलाबाट नेपालको अदालतमा चलेको मुद्दामाप्रत्यक्ष असर पर्न सक्ने देखी नेपालमा चलेको मुद्दा मुलतबी राख्न पक्षहरूले निवेदन दिएमा अदालतले निजहरू बीचविदेशमा चलेको मुद्दा पैmसला नभएसम्मको लागि त्यस्तो मुद्दा मुलतबी राख्न सक्नेछ ।